जुम्लालाई ६ नम्बर प्रदेशै नमुना जिल्ला बनाउँछु : श्रेष्ठ

जुम्ला, माघ २७ । जुम्लालाई ६ नंम्बर प्रदेशकै नमुना जिल्ला बनाउने जुम्ला जिल्लाका प्रदेश सभा सदस्य दीनबन्दु श्रेष्ठले वताएका छन् । सांसद भएपछि प्रदेश सभाको पहिलो बैठक बसेर शनिवार जुम्ला पुगेका श्रेष्ठले जुम्लालाई प्रदेश ६ को राजधानी बनाउन पहल गर्ने समेत बताए ।

‘प्रदेशको राजधानी हुन सक्ने क्षमता भएको जिल्ला भएपनि सरकारले जुम्लालाई अस्थायी मुकाम समेत तोकेको छैन । प्रदेश राजधानीको टुङ्गो प्रदेश संसदले लगाउने हो’ उनले भने, ‘जुम्ला राजधानी नभएपनि ६ नं. प्रदेशकै नमुना जिल्ला वनाउन लागि पर्नेछु’ ।

कर्णालीका जिल्लाहरु जोड्नका लागि जुम्ला जिल्लाबाट अन्तरजिल्ला सडक संञ्जाल विस्तारको लागि आफु लागि पर्ने वताए । खलंगामा विद्युतको अभाव छ भन्दै त्यसको अन्त्य आफ्नो पहिलो प्रथामिकता रहेको उनले बताए ।

‘भौतिक र सामाजिक विकासमा निकै पछाडि रहेको कर्णाली क्षेत्र यो प्रदेशको प्राकृतिक स्रोतमा भने निकैै धनी छ । यसको विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्न जरुरी छ । त्यसका निम्ती लागि पर्ने वताए । ’ उनले भने यहांको जल जमिन जंगल र जडिबुटीको अधिकतम प्रयोग गरि जिल्लालाई समृद्ध बनाउन सकिन्छ ।’

स्वास्थ्य, शिक्षा, विद्युत, सडक लगायतका योजनाहरु आफ्नो पहिलो प्रथामिकतामा रहेको पनि सांसद श्रेष्ठले वताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *