हेम्जा दुर्घटनामा त्रिपाठीको मृत्यु, तीन घाईते

पोखरा, माघ २ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २५ स्थित सुईखेतमा सोमबार साँझ दुई मोटरसाईकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाईते छन् ।

हेम्जाबाट फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा सवार हेम्जाका ४५ वर्षीय घनश्याम त्रिपाठीको ज्यान गएको हो । उनले चलाएको मोटरसाईकल विपरित दिशाबाट आईरहेको लु ५ प ३९१४ नम्बरको मोटरसाईकल सँग साँझ करिब ६ बजे ठोक्किएको थियो ।

त्रिपाठी पछाडि सवार माछापुच्छ्रे ७ धम्पुस बस्ने ४२ वर्षीय कमल भण्डारी गम्भिर घाईते भएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।

यस्तै, पाल्पा घर भई पोखरा नदिपुर बस्ने अर्का मोटरसाईकल चालक २१ वर्षीय आनन्द रसाईली र २१ वर्षकै समिर रसाईली घाईते छन् । घाईतेको फिस्टेल हस्पिटलमा उपचार भईरहेको छ । घटना लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक श्रेष्ठ सहितको टोली घटनास्थल पुगी घाईतको उद्दार गरेको थियो ।

टाउको र निधारमा चोट लागेका त्रिपाठीलाई मनिपाल शिक्षण अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । धम्पुसका भण्डारीको भने दाहिने नली खुट्टामा गहिरो चोट लागेको छ र मुखमा समेत चोट छ । चालक रसाईलीको भित्री चोट छैन भने पछाडि बस्ने समिरको टाउकोमा रगत जमेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *